‘बजेटमार्फत ऋण थपेको आरोप आयो’

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफुले ऋण थपेको आरोप खेपी रहेको बताएका छन्। सञ्चारकर्मीसँगको भेटका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक भएपछि बजेटमार्फत आफुले ऋण थपेको आरोप खेपी रहेको बताएका हुन् ।

बजारमा बजेटमार्फत ऋण थपेको भाष्य बनेको बताउँदै उनले पुरानो ऋण तिर्नै ठूलो रकम चाहिने हुँदा बजेटको आकार बढाएको प्रष्ट पारेका छन् ।

उनले सन् २०१४ मा बजेटको आकार ५ खर्ब १९ अर्ब जतिको मात्रै रहेको बताएका छन् भने भूकम्पपछि पुनर्निर्माणका लागि बजेटको आकार बढ्दै गएको उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्