PRABHU BANK

मंसिरमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

Bankers Association
  • बैंकिङ संसार
काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
हाल देशको अर्थतन्त्रको सूचकहरु स्थिर रहेकोले ब्याजदर बढाउन वा घटाउन आवश्यक नरहेकोले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बताएका छन् । तरलता व्यवस्थापनका लागि भन्दै वाणिज्य बैंकहरुले ६ महिनापछि गत असोजमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदर वृद्धि गरेका थिए । 
भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो । असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।
कार्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेका बैंकहरुले मंसिरमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै