National

नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

 Nepal Rastra Bank
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले १४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । बैंकले उक्त रकम बराबरको ट्रेजरी बिल ९१ दिन र ३६४ दिनको लागि बिक्री गर्न लागेको एक सूचनामार्फत जनाएको छ ।
बैंकले ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल भने २०७८ साल भाद्र २२ गते परिपक्क हुनेछ ।
त्यस्तै बैंकले १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल पनि बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल ९१ दिनको अवधिका लागि मात्र बिक्री हुने बैंकले जनाएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर २३ गते परिपक्क हुनेछ । 
उक्त ट्रेजरी बिल भाद्र २२ गते सोमबार ३ बजे बोलकबोल हुने भएको छ भने भाद्र २३ गते मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime