मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक समीक्षा ल्याउनुपर्ने प्रावधानबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक समीक्षामा विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति राष्ट्र बैंकको लक्ष्यअनुरुप नै रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।

यता ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत् कायम गरिएको छ।

ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले समीक्षामार्फत नीति लिएको छ।

https://www.nrb.org.np/contents/uploads/2026/05/Monetary-Policy-3rd-Qtr-Review-2082-83.pdf

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै