PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मलेखु शाखाले क्याम्पस स्तरिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग वडा नम्बर ३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावकहरुसमेत संलग्न गराइ क्याम्पस स्तरिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकको मलेखु शाखाका प्रमुख गौरब काफ्लेले बैंक तथा वित्तिय क्षेत्रको आधुनिक बैंकिङ्ग प्रणाली के-कस्तो रहेको, कोभिड-१९ ले गर्दा डिजिटल बैंकिङ्ग प्रविधिको कतिको महत्व र उपयोगिता रहेको र बचत तथा कर्जाको विषयबारे पनि जानकारी गराएका छन् । 
त्यसैगरी जय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामजी सिलवालले सांग्रिला बैंकको यो प्रयास विद्यार्थीहरूको लागि अति राम्रो भएको र यस्तो व्यवहारिक छलफलले विद्यार्थीहरूलाई थप शिक्षित बनाउने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै