विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले १ संस्थापक सेयरधनीको नाममा रहेको १० हजार ८३२ कित्ता सेयर बिक्रीमा राखेको हो।

लघुवित्तले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले संस्थाको केन्द्रीय कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा सम्पर्क गरी सो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्