prabhu

कामना सेवा विकास बैंकले गर्यो केएसबिबिएल सोसल मिडिया बैंकिङ पल्याटफर्मको शुभारम्भ

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले केएसबिबिएल सोसल मिडिया बैंकिङ पल्याटफर्मको शुभारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथै कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त बैंकिङ पल्याटफर्मको शुभारम्भ गरेको हो । अब बैंकका ग्राहकहरुले सामाजिक संजालबाट घरमा नै बसेर खाता खोल्ने देखि बैक स्टेटमेन्ट हेर्ने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् ।
त्यस्तै ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसि अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट गत शनिबार केएसबिबिएल सोसल मिडिया बैंकिङ पल्याटफर्मको शुभारम्भ गरिएको हो ।
भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकहरुले बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नु पर्ने भएको छ । यस्तै फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनु पर्ने भएको छ । कोरोना महामारीकोबीचमा पनि बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेको हुनाले यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै