PRABHU BANK

नबिल बैंकमा कार्यरत थप ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nabil Bank
  • बैंकिङ संसार
पोखरा । नबिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरा शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीहरुलाई हाल आईसोलेसनमा राखिएको छ । कोरोना संक्रमण हुने ती कर्मचारीहरु बैंकका सुरक्षा गार्ड हुन् ।
सोही बैंक शाखामा कार्यरत १ जना कर्मचारीको कोरानाको कारण मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा बैंकका ती कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएको हो । 
संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । कोरोनाको त्रास बढेसँगै बैंकका कर्मचारीमा कोरोना संक्रमण हुने क्रम पनि बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै