National

एनएमबि बैंक लिमिटेडको संचालक पदमा कटुवाल नियुक्त

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडको संचालक पदमा जीवन कुमार कटुवाल नियुक्त भएका छन् । बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्न कटुवाल सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको भाद्र २६ गते शुक्रबार बसेको संचालक समितिको बैठक कटुवाललाई उक्त कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो । 
यसभन्दा अगाडि राजेन्द्र काफ्ले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट कम्पनीको सञ्चालक पदमा रहेका थिए । उनी सञ्चालक पदबाट निवृत भएकाले उक्त पद खाली भएको कारण सोही पदमा कोषको मुख्य प्रबन्धक कटुवाल नियुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै