PRABHU BANK

युनिक नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

 Unique Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । युनिक नेपाल लघुवित्तले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले २ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ लाख ७० हजार कित्ता आईपीओ बिक्री खुल्ला गर्ने भएको हो । 
सेयर युनिक नेपाल लघुवित्तको तर्फबाट कार्यकारी निर्देशक डा.गोपाल दहित र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सेयर निष्कासन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
हाल चुक्ता पूँजी ६ करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ । कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै