PRABHU BANK

नेपाल बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक, कहिलेबाट हुन्छ लागु ?

 Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २५ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा असोज १ गते बिहीबारदेखि लागू हुने गरी नयाँ व्याजदर गरेको हो । बैंकले १५ प्रकारको बचत खातामा ४.५० प्रतिशत व्याजदर कायम गरेको छ । 
त्यस्तै ९ प्रकारको बचत खातामा ३.५० प्रतिशत व्याजदर तोकेको छ भने १ प्रकारको बचत खातामा २.५० प्रतिशत व्याजदर तोकेको छ । बैंकले सार्वजनिक गरेको बचत खातामा न्युनतम २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत व्याजदर कायम गरेको छ । यता बैंकले मुद्दति निक्षेपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत व्याजदर कायम गरेको छ ।
यसैगरी ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै ६ महिनादेखि ५ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर दिने भएको छ । बैंकले १० प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ । बैंकको आधार दर ६.९९ रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै