PRABHU BANK

सहारा विकास बैंकले लिलाम गरेको सेयरको बोलपत्र मंगलबार खोलिदै

 Sahara Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको सेयर सम्बन्धी बोलपत्र खोल्ने भएको छ । बैंकले मंगलबार दिउँसो २ः३० बजे सेयर सम्बन्धी बोलपत्र खोल्ने भएको हो । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट काठमाडौंमा खोल्ने जनाएको छ ।
बैंकले ९ लाख २१ हजार १ सय ४८.७० कित्ता संस्थापक सेयर खुला गरेको हो । बैंकले साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा संस्थापक सेयर विक्री खुला गरेको थियो ।
बैंकले भदौ २३ गतेसम्म प्राप्त भएका बोलपत्रहरु यस विषम परिस्थितलाई मध्यनजर गर्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै