फरवार्ड माइक्रोफाइनान्स लघुवित्तमा भट्टराई नियुक्त

काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्।

कम्पनीको वैशाख १२ गते शनिबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको हो।

सोही दिनदेखि लागू हुने गरी उनी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्।

संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

हाल भने उनी सिइओ मै नियुक्त भएका छन्। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्