स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक सेयरधनी गोविन्द पन्तको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

संस्थाले विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न मिल्ने गरी सो सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले आवश्यक कागजात संलग्न गरी संस्थाको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलान्चोकस्थित प्रशासन विभागमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्