National

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला गरेको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको आफ्नो संस्थापक समूहको सेयर बिक्री खुल्ला गरेको हो । बैंकले ५ लाख कित्ता सेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागेको जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले शुक्रबार आश्विन २ गतेदेखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । ग्राहकहरुले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदकहरूले एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै