मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिने भएको छ। बैंकले साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा राख्न लागेको हो।

बैंकको संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता सेयर यही वैशाख ८ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ ।

यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ता सेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

बोलपत्र यही वैशाख १६ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्