PRABHU BANK

एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवाश्री चतुर्थ’ पदकबाट विभूषित हुने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले असोज ३ गते शनिबार स‌ंविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदक प्रदान गर्ने घोषणा गरेको हो ।
विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने भएकी छिन् । 
अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याएको हुनाले अग्रवाललाई सरकारले विभूषित गर्ने भएको हो । 
अग्रवाल बैंकको अध्यक्षका साथै मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन् । उनले ख्न् फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि विभिन्न कार्यहरु गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै