PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको असोज २८ गते साधारण सभा हुने, यस्ता छन् प्रस्तावहरु

Nadep Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । लघुवित्तको ५औं सभा रानीवन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौंमा विहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीको असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन् ।
साधारण सभाले चुक्ता पूँजी ३६ करोड ८० लाखको १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
साथै बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस्तै सेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत कम्पनीले गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै