PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा ऋणीहरुलाई व्याज भुक्तानीमा १० प्रतिशत छुट

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणीहरुलाई व्याज भुक्तानीमा छुट दिने व्यवस्था गरेको छ । बैंकले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी रकममा १० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा राहत पुर्याउने उद्देश्यले ऋणीहरुको लागि छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
विषम परिस्थितिमा पनि कर्जाको किस्ता/व्याज भुक्तानी गरेर इमान्दारी देखाएका ऋणीहरुको कदर गर्दै केही कर्जाहरुको व्याजदरसमेत घटाएको बैंकले जनाएको छ ।
बैंकले देशभर विभिन्न स्थानहरुबाट १ सय २ वटा शाखा र ३४ वटा एटिएमहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै