सरकारले एसएमई ऋण सहज बनाउने

काठमाडौँ। सरकारले एसएमई ऋण सहज बनाउने भएको छ। साना तथा मझौला उद्योग (एसएमई), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा लचक नीति सरकारले लिने भएको हो  ।

सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्दै साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा लचक बन्ने भएको छ ।

जसका लागी सरकारले यस्तो क्षेत्रमा प्रवाहित कर्जाको जोखिम भार कम गराउने भएको हो ।

सरकारले नेपाल राष्ट्र बैंकलाई आगामी ३० दिनमा यस्तो क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था मिलाउन भनेको हो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै