prabhu

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ बिक्री खुल्ला

General Insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको हो । 
कम्पनीले निष्कासन गरेको ३० लाख कित्ता सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणहरुले बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने भएका छन्।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्ने भएका छन्।
हाल चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको आइपीओ निष्कासनपछि चुक्ता पूँजी १अर्ब रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो । 
उक्त अवधिसम्ममा ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै