National

एनआईसी एशिया बैंकको २५ हजार कित्ता संस्थापक समूहको सेयर विक्रीमा

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले २५ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ । 
इच्छुक सेयरधनीहरुले यस सूचना जारी भएको मितिले ३५ दिनभित्र निवेदन दिन सक्नेछन् । सेयरधनीहरुले आवश्यक कागजपत्र संकलन गरी निवेदन पेश गर्नु पर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर नेपाल थापाथली काठमाडौंमा आइपुग्ने गरि निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै