PRABHU BANK

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

nic asia bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।
उक्त योजना अनुसार बैंकको मोबाइल बैंकिङ (एनआइसी एशिया मोबैंक) एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबल प्रेमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।
साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने भएको छ । २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको एनआइसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ ।
जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै