PRABHU BANK

माछापुच्छ्रे बैंकले बोलायो विशेष साधारणसभा, यस्ता छन् छलफलका विषयहरु

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकले कार्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको हो । 
बैंकको असोज १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको साधारणसभा हुने भएको हो । बैंकले २२औंं वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेबाट सुरू हुने बैंकले जनाएको छ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७ सय ४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ । 
बैंकले साधारणसभाको लागि असोज २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण असोज २१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र सेयरको हक दाबी गर्न पाउने भएका छन् ।
सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनको बारेमा पनि छलफल हुने भएको छ । यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेलगायतका बारेमा छलफल हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै