PRABHU BANK

नेको इन्स्योरेन्सद्वारा १५ प्रतिशत बोनस सेयर घोषणा

neco insurance
  • बैंकिङ संसार
काठमाडौं । नेको इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर १८ गते आइतबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, इन्स्योरेन्सले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुने इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै