PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले २०७७ असोज १६ गते देखि ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ बिक्री खुल्ला गर्ने भएको हो । जसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत व्याजदर पाउने भएका छन् ।
बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुको लागि बिक्री खुल्ला गर्ने भएको छ । 
उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्
बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यस ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा जनाउने ‘[ICRANP-IR] A-@’ रेटिङ्ग दिएको छ । यो ऋणपत्र छिटोमा २०७७ असोज २० गतेसम्म भर्न पाइनेछ भने ढिलोमा असोज ३० गतेसम्म भर्न पाईनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै