PRABHU BANK

समृद्धि फाइनान्सको ३६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुल्ला

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले शुक्रबार असोज १६ गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । फाइनान्सले १ः२ को अनुपातमा ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।
कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।फाइनान्सले सेयर निष्कासन प्रयोजनको लागि भाद्र १२ गते शुक्रबार एक दिनको लागि बुक क्लोज गरेको हुनाले भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्ने भएका छन् । 
फाइनान्सले जारी गर्न लागेको हकप्रद सेयरले ग्रेड ५ रेटिङ पाएको छ । उक्त रेटिङ इक्रा नेपालले प्रदान गरेको हो । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्ने भएका छन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालय, बैंक अफ काठमाण्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 
यस्तैगरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै