ऋणी एशोसिएसनका संयोजक संग्रौला पक्राउ

काठमाडौँ। ऋणी एशोसिएसनका संयोजक देवी संग्रौला पक्राउ परेका छन् । संग्रौला शनिबार काठमाडौँको बिजुली बजारबाट पक्राउ परेका हुन्। 

संग्रौला दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक हुन्। 

नागरिक बचाउ महाअभियानका संयोजक संग्रौलामाथि यसअघि पनि अनुसन्धान भएको थियो । यसअघि सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सिर्जना गरेको आरोपमा ४४ वर्षीय देवी प्रसाद सङ्ग्रौलामाथि अनुसन्धान भएको हो।

साथै, उनले कानुनी राज्यमा कानुनको उल्लंघन गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध बोलेको स्वीकार गर्दै उक्त कार्य आफ्नो गल्ती भएको पनि जनाएका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्