बैंक खाता खोल्न जुम्लाका पाँच उम्मेदवारले लिए सिफारिस

काठमाडौँ। बैंक खाता खोल्न जुम्लाका पाँच उम्मेदवारले सिफारिस लिएका छन्। जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन्।

जुम्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले बैंक खाता खोल्न निर्वाचन कार्यालय जुम्लाबाट सिफारिस लिएका हुन्।

आयोगले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्