PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच सम्झौता, हुन्डाईको गाडी खरिद गर्दा सहुलियत कर्जा पाईने

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच सम्झौता भएको छ । बैंकले हुन्डाईको गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । 
एक आयोजित कार्यक्रममा बैंक र इन्टरकन्टिनेन्टलबिच सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले न ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गरेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै