National

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार प्रदिप खडका र कृष्टिना गुरुङ्ग नियुक्त

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्गलाई नियुक्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले प्रदिप र कृष्टिनालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । 
बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकार खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका कलाकार प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै