National

नेपाल राष्ट्र बैंकले १८ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, बोलकबोल कहिले ?

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले १८ अर्व २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
जसमध्ये बैंकले १५ अर्व २५ करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ३ अर्व रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्व रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असोज २६ गते सोमबार ३ बजे बोलकबोल हुने भएको छ । 
यस्तै असोज २७ गते मंगलबार बिक्री हुने बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल २०७८ साल असोज २६ गते परिपक्क हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै