National

महालक्ष्मी विकास बैंकले गर्यो दुई संस्थासँग सम्झौता

mahalaxmi bikas bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले Tesla Diagnostic मा अधिकतम १० प्रतिशत र Drishti Eye Care मा अधिकतम २० प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै