PRABHU BANK

सनराइज बैंकले ल्यायो नयाँ व्यवस्था, मिस्डकल गरेरै बिजुलीको पैसा तिर्न सकिने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्यवस्था ल्याएको छ । बैंकले नेपालमै पहिलो पटक मिस्डकल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने नयाँ व्यवस्था ल्याएको हो । 
यस सेवाको सुरुवातसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने भएका छन् ।
उक्त सेवा प्रयोग गर्नको लागि एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ । 
हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्ने भएका हुन् ।
कोरानाको महामारीको समयमा घरैमा बसी बसी यसरी विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकवर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने विश्वास बैंकले लिएको छ । यस्तै ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै