PRABHU BANK

एनआईसी एशिया बैंकद्धारा नयाँ योजना सार्वजनिक, २५ प्रतिशतसम्म क्यास व्याक पाइने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकद्धारा नयाँ योजना सार्वजनिक भएको छ । बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म क्यास व्याक पाइने नयाँ योजना सार्वजनिक गरेको हो । 
उक्त आकर्षक योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदम र कलमार्ट जस्ता ई-कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई-कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 
बैंकले सस्तोडिल र ग्यापु मार्केट प्लेसमा २० प्रतिशत वा २ हजार रुपैयाँसम्म, कलमार्टमा २५ प्रतिशत वा १५ सय रुपैयाँसम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओकेदममा १५ प्रतिशत वा १ हजार रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था बैंकले गरेको छ ।
यस बैंकमा आबद्ध ग्राहकले असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म ई-कमर्शबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकले उक्त ई-कमर्शसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकले सो अवसरको फाइदा लिने विश्वास बैंकले लिएको छ ।
साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन पनि बैंकले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै