PRABHU BANK

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले थप २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै यस बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२७ पुगेको छ ।
बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामीलाई नियुक्त गरिएको छ । 
यस्तै डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. ९ उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । 
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने भएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै