PRABHU BANK

मेगा बैंक लिमिटेडद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहास् यस्तो छ नयाँ व्याजदर

Mega Bank
  • बैंकिङ संसार 
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले उक्त खाताहरुमा कार्तिक १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । 
बैंकले मुद्दती निक्षेपमा भने ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.२६ प्रतिशत व्याजदर तोकेको छ भने संस्थागततर्फ ६ प्रतिशत व्याजदर तोकेको छ । 
यस्तै ६ महिनादेखि १ वर्षसम्मका लागि भने व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरिएको छ ।
बैंकले १ वर्ष भन्दा माथिको लागि भने व्यक्तिगततर्फ ८.२५ प्रतिशत प्रदान गर्ने भएको छ भने संस्थागततर्फ ७ प्रतिशत व्याज प्रदान गर्ने भएको छ । यसैगरी बैंकको आधार दर ८.१० प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै