‘ऋण दुरुपयोग गर्नेलाई कैद सजाय हुनेछ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्जाको दुरुपयोग गर्नेलाई बैंकिङ कसुरमा कैद सजाय हुने जनाएको छ। माघ ६ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले कर्जाको दुरुपयोग गरेमा बैंकिङ कसुर मुद्दामा कैद सजाय हुन सक्ने जनाएको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्जाको दुरुपयोग बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर भएको मानिन्छ, यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उपदफा २ मा भएको व्यवस्थाअनुसार बिगो भराई बिगोबमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजायसमेत हुन सक्छ।’

राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्