काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेकी उर्मिला लामा तामाङ हाजिरी जमानीमा रिहा भएकी छन् । जिल्ला नुवाकोट ककनी घर भई हाल काठमाडौं बुढानिलकण्ठ ९ बस्ने ४१ वर्षकी उर्मिला लामा तामाङ हाजिरी जमानीमा रिहा भएकी हुन्।
तामाङलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पौष २७ गते पक्राउ गरेको थियो । चन्द्रकला थापाको जाहेरीमा जिल्ला अदालत काठमाडौंबाट गत २२ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा जिल्ला प्रहरी परिसरको काठमाडौंले टोखाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी लामालाई पौष २८ मा हाजिरी जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

