PRABHU BANK

एभरेष्ट बैंकले गर्यो पाँचखाल नगरपालिकासँग सम्झौता, किसानलाई सहुलियतपूर्ण कृषि ऋण प्रदान गर्ने

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गर्ने गरी उक्त सम्झौता गरेको हो ।
बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई कृषि ऋण दिने सम्झौता गरेको हो । एभरेष्ट बैंकका तर्फबाट बैंकका सिईओ जी.के. नेगी र पाँचखाल नगरपालिकाका तर्फबाट नगरपालिकाका मेयर महेश खरेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले हाल देशभरस् रहेको ९८ वटा शाखा कार्यालय, १ सय २९ वटा एटीएम काउन्टर र ३० वटा राजश्व सङ्कलन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै