DISH HOME

प्रभु बैंक लिमिटेडको नयाँ शाखा स्थापना, पुर्ण केसीद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
रोल्पा । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं ०४ स्थित लिवाङमा आफ्नो २१०औं शाखा स्थापना गरेको हो । बैंकको उक्त शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले गरेका हुन् ।
मेयर केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणहरुलाई सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताएका छन् । 
यसका साथै बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।
बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास पनि बैंकले लिएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै