स्रोत नखुलेको साढे ५ लाखसहित दुई जना पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कौडेना गाउँपालिका ७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय सञ्जय साह रहेका छन्।

मलंगवा नगरपालिका ९ निमगासीस्थित सडकबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

हाल उनीहरूको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्