National

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ योजना सार्वजनिक, ग्राहकहरुले उपहार नै उपहार पाउने

Shine Resunga Development Bank
  • बैंकिङ संसार 
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको हो । 
‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ एपबाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुलाई १/१ थान स्मार्ट फोन प्रदान गर्ने भएको छ ।
यस्तै शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने ५ जना भाग्यशाली ग्राहकहरुलाई १/१ थान स्मार्ट फोन प्रदान गरिने बैंकले जनाएको छ । यी दुवै उपहार योजना कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
दशैं टिका विशेष उपहार योजना अन्तर्गत टिकाको दिन शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने १ जना भाग्यशाली ग्राहकलाई १ थान स्मार्ट फोन कार्तिक १० गते प्रदान गरिने योजना रहेको पनि बैंकले जनाएको छ ।
यी सबै उपहार योजना बैंकका ६९ वटा शाखाका ४ लाख बढी ग्राहक सहभागी हुन पाउने र गोलाप्रथाबाट भाग्यशालीले उपहार प्राप्त गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै