लाभांश नपाउने भएपछि जनउत्थानका सेयरधनीहरु निरास !

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश नदिने भएको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्