आवासीय व्यक्तिगत घर कर्जामा साढे ४ खर्ब ऋण प्रवाह

काठमाडौँ। आवासीय व्यक्तिगत घर कर्जामा साढे ४ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिना मंसिरसम्ममा बैंकबाट आवासीय व्यक्तिगत घर कर्जामा करिब साढे ४ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको जनाएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा शीर्षकमा मंसिरसम्म ४ खर्ब ४४ अर्ब करोड ९१ लाख रुपैयाँ प्रवाह गरेका छन्।

गत आर्थिक वर्ष २०८१-८२ मा भने बैंकहरुले यो शीर्षकमा ३ खर्ब ९८ अर्ब १५ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्जा प्रवाह ११.७४ प्रतिशतले बढेको छ।

चालु वर्षको मंसिरसम्म बैंकहरुले घरजग्गा कर्जातर्फ २ खर्ब ७४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष यही अवधिसम्म बैंकले यस शीर्षकमा २ खर्ब ७७ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ कर्जा दिएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कर्जा प्रवाह १.०२ प्रतिशतले घटेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्