युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएकाे छ। कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको लघुवित्तले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै