एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। एनआईसी एशिया बैंकको सेयर बिक्रीमा राखिएको छ। बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बैंकको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत पुस २३ गतेबाट बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्त १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र माघ २ गतेसम्म पेस गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्