PRABHU BANK

नेशनल लाइफ इन्स्योरेन्सले गर्यो एकैदिन पोखरामा ३ बीमा दाबी भुक्तानी

National Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले कार्तिक १३ गते बिहिबार एक कार्यक्रमको आयोजना गरी ३ वटा मृत्युदाबी भुक्तानी गरेको हो ।
कम्पनीको प्रदेश कार्यालय पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले दिबङ्गत सुरेश गिरी, मिरा मुल्मी र चन्द्र कुमारी गुरुङको मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक सुरेश गिरीको हकवाला सुनिता गिरीलाई ११ लाख २४ हजार रुपैयाँ, मृतक मिरा मुल्मीको हकवाला प्रेक्ष्या मुल्मीलाई १२ लाख ४५ हजार र मृतक चन्द्र कुमारी गुरुङको हकवाला दुर्गादेवी गुरुङलाई १ लाख ४९ हजार ५ सय रुपैयाँ मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको हो । 
कम्पनीमा दिबङ्गत सुरेश गिरीले २०७५ कार्तिकमा र मिरा मुल्मीले २०७२ पौषमा रु १०/१० लाखको अमृत बर्ष-१ जिबन बीमा र चन्द्रकुमारी गुरुङ्ले २०६९ श्रावणमा रु १ लाखको जिबन अमृत बीमा गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै