काठमाडौँ। नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । काठमाडौँको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका २ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेका हुन् ।
गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार राती पक्राउ गरेको हो ।
हाल यस घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

