PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडले ल्यायो नयाँ सुविधा, क्रेडिट कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ सुविधा ल्याएको छ । बैंकले अनलाईनमार्फत नै क्रेडिट कार्डको लागि आवेदन दिन सकिने नयाँ सुविधा ल्याएको हो । 
बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिक १३ गते बिहिबारदेखि उक्त सुविधा ल्याएको हो ।
क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिने भएको छ । आवेदनपछि क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । 
साथै कार्ड तयार भइसकेपछि ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेस गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने भएका छन् । 
बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउन यस्तो सुविधा ल्याएको सिद्धार्थ बैंक लिमिटेडले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै